공지사항    |     채용정보    |     서로소식    |     포토갤러리    |     보도자료    |     외부소식
알림마당
외부소식

피해자 식별지표 등 번역 (네팔)

페이지 정보

profile_image
작성자 seolo
댓글 0건 조회 13회 작성일 24-08-23 16:50

본문

피해자 식별지표 등 번역 (네팔)

 

पीडितको पहिचान र सुरक्षा सम्बन्धि सूचक (पीडित पहिचानका लागि सूचक)

1. आवेदनको मापदण्ड

क.   पीडित पहिचानको सूचकचाहि मानव बेचबिखन आदिको पीडित (त्यसलार्इ "पीडित" भनेर भनिनेछ ) आदिको द्रुत र सही खोज गरि अनुसन्धान प्रक्रियालाई समर्थन गर्न विकसित गरिएको सामान्य सूचकांक हो, ऐनको दफा 13 (1) बमोजिम सरकारी अधिकारी पीडित भएको शंका भएमा वा मानव बेचबिखनको शिकार भएर उजुरी गरेको भएमा तलको तालिकाको 'कार्य', 'माध्यम' 'उद्देश्य'  स्थानमा मिल्ने विषय वस्तु चेक गर्नु होस्

ख.   ऐनको दफा 13 (1) बमोजिम सम्बन्धित निकायको प्रमुखले मानव बेचबिखन भएका व्यक्ति (त्यसलार्इ " सम्भावित पीडित" भनेर भनिनेछ)को राष्ट्रियता, लिङ्ग, उमेर, पेशागत विशेषताहरू आदिलाई ध्यानमा राखी पीडित केन्द्रित दृष्टिकोणबाट सूचक विषय वस्तुहरू थप्न वा वाक्यांश परिमार्जन गरेर प्रयोग गर्न सक्नुहुन्छ।

ग.     ऐनको दफा 2 को अनुच्छेद 1 को पछाडिको सुराग अनुसार बालबालिका, किशोरकिशोरी वा अपाङ्गता भएका व्यक्तिहरू तलका तालिकामध्ये ‘माध्यम’ विषयमा नपरेका भएपनि पीडितलार्इ पर्न सकिन्छ ।

घ.     सम्भावित पीडितले 'कार्य', ‘माध्यम’ , 'उद्देश्य' को प्रत्येक विषय वस्तुमा अग्रिम सहमत भए पनि, यसले पीडित पुष्टि गर्नमा असर गर्दैन।

 

2. पीडित पहिचान सूचकको विस्तृत विवरणहरू

क.   मानव बेचबिखन जस्ता 'कार्य' सँग सम्बन्धित वस्तुहरू निम्नानुसार छन्।

विषय वस्तु

तत्व

आफ्नो वा परिवारको सम्पर्क सञ्जाल मार्फत, वा जागिरक विज्ञापन (प्रिन्ट मिडिया, रेडियो, टेलिभिजन, इन्टरनेट, सामाजिक सञ्जाल सेवा, आदि) मार्फत भर्तीकर्तासँग भेटेर शुल्क (दलाली शुल्क, एस्केप डिपोजिट, आदि) तिर्ने वाचा गर्यो

भर्ती

आफ्नो बसोबासको ठाउँ छोडे नयाँ ठेगानामा, अर्को देशमा सरेको भएमा, पूर्व सहमति बिना भर्ती गर्ने व्यक्ति वा सार्ने व्यक्तिसँग गन्तव्य सम्मा संगै गयो ।

ट्रान्जिट

अन्तिम गन्तव्यमा पुग्नु अघि, एक निश्चित समय सम्म प्रवेश प्रतिबन्धित भएको ठाउँमा बस्नुपरेको थियो।

लुकाउनु

भर्तीलार्इ एक व्यक्तिद्वारा अर्को तेस्रो पक्षलाई हस्तान्तरण गरिएको थियो।

हस्तान्तरण

 

 

첨부파일